फ्र्यांकफर्टसँग बार्सिलोना बराबरीमा रोकियो

युइएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मनी क्लब फ्र्यांकफर्टसँग बराबरीमा रोकिएको छ। गएराती सम्पन्न खेलमा खेलमा १–१ गोलको बराबरीमा रोकिएका हुन्।

नेपालभ्युज

फ्र्यांकफर्टसँग बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं। युइएफए युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना जर्मनी क्लब फ्र्यांकफर्टसँग बराबरीमा रोकिएको छ। गएराती सम्पन्न खेलमा खेलमा १–१ गोलको बराबरीमा रोकिएका हुन्।

फ्र्यांकफर्टका लागि खेलको ४८औँ मिनेटमा अन्सगर क्नुफले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। बार्सिलोनाका लागि खेलको ६६औँ मिनेटमा फेरान टोरेजले गोल गर्दै बराबरी गरेका थिए।

यस खेलमा खेलको ७८औँ मिनेटमा फ्र्यांक फर्टका टुटाले रातो कार्ड पाएपछि फ्र्यांकफर्ट १० खेलाडीमाया सीमित भएको थियो। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved