आचारसंहिता नमान्ने चेतावनी दिएको एमाले महासचिवको नेतृत्वमा आयोग जाँदै

सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको विषयमा एमालेले आपत्ति जनाएको थियो।

नेपालभ्युज

आचारसंहिता नमान्ने चेतावनी दिएको एमाले महासचिवको नेतृत्वमा आयोग जाँदै

काठमाडौं। आचारसंहिता नमान्ने चेतावनी दिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज निर्वाचन आयोग जान लागेको छ। महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु आयोग जना लागेका हुन्।

एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो १ बजे एमाले प्रतिनिधिमण्डल निर्वाचन आयोग जाँदैछ, जसको नेतृत्व महासचिव पोखरेलले गर्नेछन्।

यसअघि, एमालेले आयोगले जारी गरेको आचारसंहिता संविधान र कानूनसँग मेल नखाने भन्दै अस्वीकार गरेको थियो। सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने र एनजीओमा काम गर्नेलाई भोट माग्न रोक लगाइएको विषयमा उसले आपत्ति जनाएको थियो।

एमालेले पालना तथा अनुगमनको दायरामा ल्याउन नसकिने विषय आचारसंहितामा राखिएको भन्दै मंगलबार बसेको सर्वदलीय बैठकमा समेत हस्ताक्षर गरेको थिएन। उसले आचारसंहिता नमान्ने चेतावनीसमेत दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved