लुम्बिनी सरकारले बढायो खजुरामा प्रदेश विश्वविद्यालय स्थापना प्रक्रिया

बैठकले प्रदेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

नेपालभ्युज

लुम्बिनी सरकारले बढायो खजुरामा प्रदेश विश्वविद्यालय स्थापना प्रक्रिया

बुटवल। लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लाको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ।

उच्च शिक्षा परिषद्का अध्यक्षसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले बाँकेको खजुरामा हाललाई कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विधालाई छनोट गर्ने र प्रस्तावित प्रदेश विश्वविद्यालयमा संगठनात्मक ढाँचा २ बमोजिम विश्वविद्यालयको संगठन ढाँचा कायम हुने गरी विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

बैठकले प्रदेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन, २०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम (१) अनुसार अनुसूची –२ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न समेत शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

त्यस्तै, विश्वविद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved