‘हेर्न नमिल्ने’मा पर्‍यो माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा

माधव नेपाल पक्षका कानून व्यवसायीले आजको सुनुवाइ रोक्नका लागि निवेदन दिएका थिए।

नेपालभ्युज

‘हेर्न नमिल्ने’मा पर्‍यो माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट परेको रिटमाथि आइतबार पनि सुनुवाइ रोकिएको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेशी परेको उत्तः मुद्दा हेर्न नमिल्नेमा परेर सुनुवाइ हुन नसकेको हो। न्यायाधीश सुवेदीले सोमप्रसाद पाण्डेको मुद्दा हेरिसकेकाले १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको हो।

त्यसअघि, माधव नेपाल पक्षका कानून व्यवसायीले आजको सुनुवाइ रोक्नका लागि निवेदन दिएका थिए। तर, न्यायाधीशद्वयले उक्त निवेदन अस्वीकार गरेपछि मुद्दा पेशीमा चढेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved