धनगढी पुगेर माधव नेपालले भने, ‘गठबन्धनले विरोधीको दिमाग बिग्रेको छ, बेहोस हुन बेर छैन’

अध्यक्ष नेपालले सत्ता गठबन्धनमा रहेका वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएकाले जनतामा उत्साह भएको दाबी गरे।

नेपालभ्युज

धनगढी पुगेर माधव नेपालले भने, ‘गठबन्धनले विरोधीको दिमाग बिग्रेको छ, बेहोस हुन बेर छैन’
फाइल फोटो

धनगढी। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका कारण विरोधी पार्टीको निन्द्रा हराम भएको बताए। आफूहरु देखेर जनविरोधी शक्तिहरू छट्पटाउन थालेको उनको दाबी छ।

कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आगामी स्थानीय चुनावमा पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको बताए। जसका कारण नेकपा एमालेसहितका पार्टीको निद्रा हराम भएको उनको भनाइ छ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनमा रहेका वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएकाले जनतामा उत्साह भएको दाबी गरे।

नेपालले चुनावी तालमेलको निर्णयले उनीहरू जे पायो त्यही बोलेर बर्बराउन थालेको बताए। भने, “गठबन्धनको सहमतिले जनविरोधीहरूको निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।”

अध्यक्ष नेपालले समयको प्रवाह आफूहरुको पक्षमा भएको र उक्त प्रवाहले अगाडि बढ्न उप्रेरित गरिरहेको बताए। उनले आफूहरूले लिएको सही विचार, सही नीति, सही मूल्य र मान्यता तथा सही संस्कारका कारण यस्तो भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved