म्यादी प्रहरीको छनौटमा तौल नपुगेपछि गोजीमा फलामको ढक लुकाएर राख्ने पक्राउ

१ किलोको ढक, मोबाइल राखेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूले तौल बढाउन पटक–पटक खाना र केरालगायतका फलफूल खाएको प्रहरीलाई बताएका छन्।

नेपालभ्युज

म्यादी प्रहरीको छनौटमा तौल नपुगेपछि गोजीमा फलामको ढक लुकाएर राख्ने पक्राउ

काठमाडौं। कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले पाइन्टको गोजीमा एक किलो ढक राखेर आएका छन्। उनी प्रहरी नियन्त्रणमा छन्।

१ किलोको ढक, मोबाइल राखेका उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि आफूले तौल बढाउन पटक–पटक खाना र केरालगायतका फलफूल खाएको प्रहरीलाई बताएका छन्।

प्रहरीका अनुसार उनको वास्तविक तौल ४८ किलो रहेको छ। तर,  भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको छनोटमा खटिएका कपिलवस्तुका निरीक्षक जगन्ननाथ मरासिनीले बताए।

मरासिनीले नेपाल भ्यूजसँग भने ‘‘यो सामान्य घटना हो। सम्झाई बुझाई गरेर उनलाई घर पठाउँछौँ। अबदेखि छलकपट नगर्न आग्रह गछौँ।’’


Comment

3 thoughts on “म्यादी प्रहरीको छनौटमा तौल नपुगेपछि गोजीमा फलामको ढक लुकाएर राख्ने पक्राउ

  1. Tara uslai jagir dinu parthyo kinaki jagir khanu badhyata dekhinchha , chor netale karodau Bina mehenat khayeko deshma

    1. आर्थिक बिपन्नताको कारण म्यादिमा भर्ना हुन आएको ब्यक्ती हो तर दुर्भाग्यवस उसको तौलले साथ दिएन यदि हुनेखानेको छोरा भए भर्ना हुन नै आउने थिएन आएपनि उस्को तौल पुग्ने थियो होला।हाम्रो देशको नेताहरु नै जालजेल गर्ने खालका छन भने बिचरा गरिवको छोराले तेस्तो गर्नु उसको बाध्य हो राज्यले ध्यान दियोस।

  2. आर्थिक बिपन्नताको कारण म्यादिमा भर्ना हुन आएको ब्यक्ती हो तर दुर्भाग्यवस उसको तौलले साथ दिएन यदि हुनेखानेको छोरा भए भर्ना हुन नै आउने थिएन आएपनि उस्को तौल पुग्ने थियो होला।हाम्रो देशको नेताहरु नै जालजेल गर्ने खालका छन भने बिचरा गरिवको छोराले तेस्तो गर्नु उसको बाध्य हो राज्यले ध्यान दियोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved