त्रिकोणात्मक टी-२० सिरिज : दीपेन्द्रको शतक, नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ११० रन बनाए।

नेपालभ्युज

त्रिकोणात्मक टी-२० सिरिज : दीपेन्द्रको शतक, नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन्। पहिले ब्याटिङ गरेको नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ११० रन बनाए। ५७ बल खेलेका उनले ६ छक्का र १० चौका प्रहार गरे।

यससँगै दीपेन्द्र टी–२० र एकदिवसीय क्रिकेट दुवैमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्काले मात्रै दुवै फर्म्याटमा शतक हानेका थिए।

यस्तै, युवास्टार रोहितले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा पाँच चौकाको मद्दतमा ५१ रन बनाए। आसिफ शेखले १८, आदिल आलमले १४ तथा कुशल भुर्तेलले १२ रन बनाए।

सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको हो। लगातार तीन खेल जितेको नेपाल सिरिजको फाइनल पुगिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved