नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत फेला

नेपालभ्युज

नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत फेला

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत चिकित्सक मृत फेला परेका छन्।

सप्तरी राजविराज घर भएका वर्ष २७ का डा. विजय यादव मृत अवस्थामा फेला परेका हुन्। घरको गेट नजिकै हात बटारिएको अवस्थामा उनको शव फेला परेको हो।

विगत ५ बर्षदेखि नोबेल अस्पतालमा कार्यरत उनी थिए विराटनगर-४ स्थित अस्पताल नजिकै भाडामा बस्दै आएका थिए। नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविरमा गएर शुक्रबार विराटनगर फर्किएका उनको शनिबार बिहान मृत अवस्था शव फेला परेको हो।

घटनास्थलमा हाल मोरङ प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved