विनोद भट्टका तीन लघुकथा

सुन्नुहोस्

धार्मिकतापूर्वक टेलिभिजन हेर्न आउने लाटोकोसेरोलाई मैले एकदिन कौतूहलपूर्वक सोधेँ, “टेलिभिजनमा तिमी हरेक रात के हेर्नका लागि आउँछौ ?”
“सूर्य…।” फेरि कौतूहलपूर्वक उसले टेलिभिजन हेर्न थाल्यो।

नेपालभ्युज

विनोद भट्टका तीन लघुकथा

१. वसन्त

विनोद भट्ट।

बगैंचास्थित एउटा रुखको हाँगामा पुरुष-कोकिल चुपचाप बसिरहेको थियो। कवितामा कतै पढेको कुराको याद आयो- कोइलीको कुहुकुहुले वसन्तलाई निम्त्याउँछ। अतः त्यस पुरुष-कोकिललाई धम्काउँदै मैले भनेँ, “उदास रहनुको साटो तिमीले कुहुकुहु गर्नै पर्छ। तिम्ले कुहुकुहु गरेनौ भने कसरी वसन्त आउँछ, कोकिल ?”

मलाई सामुन्नेमा देखेर, ग्लानीपूर्ण आवाजमा उसले भन्यो, “मित्र, मेरो कुहुकुहुले अब वसन्त आउन सक्दैन।”

“के कुरा गर्छौ तिमी ? कोकिलको कुहुकुहुले वसन्त नआए…इम्पोसिबल…किन आउन सक्दैन ?”

“किनकि, बितेको महीनाको पहिलो तारिखदेखि म रिटायर्ड भएँ…।” कोकिलले भन्यो।

०००

लालच

एउटा लाटोकोसेरो हरेक रात झ्यालबाट हाम्रो घरमा आएर टेलिभिजनको सामुन्ने बस्दछ। रातको एघार बजेसम्म टेलिभिजनसामु आँखा गाडेर बसिरहन्छ।

टेलिभिजन बन्द भएपछि एक लामो निःश्वास छाडेर जुन झ्यालबाट आउँछ, त्यही झ्यालबाट बाहिर निस्किन्छ। यो उसको नित्यक्रम बनेको छ।

यसरी, धार्मिकतापूर्वक टेलिभिजन हेर्न आउने लाटोकोसेरोलाई मैले एकदिन कौतूहलपूर्वक सोधेँ, “टेलिभिजनमा तिमी हरेक रात के हेर्नका लागि आउँछौ ?”

“सूर्य…।” फेरि कौतूहलपूर्वक उसले टेलिभिजन हेर्न थाल्यो।

०००

स्वागत

एउटा ब्वाँसो हरेक रात घर पुगेपछि आफ्ना बच्चाहरुलाई जोक्स सुनाउँथ्यो। यस्तो नियम राखिएको थियो- हरेक पटक नयाँ जोक्स सुनाउनुपर्छ। आज भने ब्वाँसोले आफ्ना बच्चालाई यस्तो जोक्स सुनायो-

‘म गीरको जंगलबाट फर्किरहेको थिएँ। तब मैले देखेँ कि- एउटा सिंहनी स्टुल समातेर उभिएकी थिइन्। सिंहचाहिँ स्टुलमा चढेर रुखको हाँगामा बोर्ड झुन्ड्याइरहेको थियो। बोर्डमा लेखिएको थियो- गीरको लायन्स क्लबमा तपाईंहरुलाई हार्दिक स्वागत छ…।’

(भट्टका पुस्तक ‘वैताल छब्बिसी’बाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved