नेपाली कांग्रेसले देशभक्त नेपालीको टाउको कटाएको थियोः ओली

नेपालभ्युज

नेपाली कांग्रेसले देशभक्त नेपालीको टाउको कटाएको थियोः ओली
फाइल तस्वीर

काठमाडौं । नेपालको भलो हुन्छ भन्ने एउटा नेपाली देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको नेकपा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। भारतीय सेना ल्याएर डोटीमा भीमदत्त पन्तको टाउको काट्ने काम भएको भन्दै ओलीले भने, “अहिले भन्न राम्रो लाग्दैन तर त्यो सबै नेपाली कांग्रेसले गराएको थियो।”

उनले थपे, “कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो। भन्दा त त्यति मजा लाग्दैन। यो सब नेपाली कांग्रेसले गराएको थियो। तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो।”

शुक्रबार अनेरास्ववियुको कार्यक्रममा सम्बोधन गर्दै नेता ओलीले भने, “कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्छ। कांग्रेसले जहिले पनि राष्ट्रियताविरोधी र लोकतन्त्रविरोधी शक्तिसँग एकता गर्छ। शत्रुसँग घाँटी जोड्ने। बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने। उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो,” ओलीले भने।

२००८ साल कात्तिक २० गते चिनियाँकाजीको गोली हानेर हत्या गर्दा बीपी कोइराला गृहमन्त्री भएको उनले स्मरण गराए। उनले भने, “त्यतिखेरको विद्यार्थी संगठन कत्रो थियो। ? त्यति सहन नसकेर गोली चलेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशभित्र नभएकाले उनको बारेमा केही नभन्ने बताएका ओलीले भने, उहाँ आज बाहिर जानुभएको छ। यहाँ नभएका बेला लेखेट्यो भन्छन्।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved