जनता आजित भइसके, एमालेको सरकार बनोस् भन्ने चाहेका छन्ः केपी ओली

चुनावपछि सत्ता गठबन्धन पत्तासाफ हुने दाबी

नेपालभ्युज

जनता आजित भइसके, एमालेको सरकार बनोस् भन्ने चाहेका छन्ः केपी ओली

कालिकोट। नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन्।

नेकपा (एमाले) कालिकोटले खाडाँचक्र नगरपालिका–१ मान्ममा आयोजना गरेको आमसभामा उनले वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार भन्ने चाहेको बताए।

“विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ”, अध्यक्ष ओलीले भने, “यो देश विकास गर्ने पार्टी हो। देश बनाउने पार्टी हो। गलत कुरा गर्न सकिँदैन। कसैलाई गाली गर्दैन। एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए। तर अदालतले सरकारले ढाल्यो।”

एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाइ थियो।

स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ। “आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ”, उनले भने, “गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved