सिन्धुपाल्चोकमा चिर्पट र ढुंगा हानेर श्रीमतीको हत्या

नेपालभ्युज

सिन्धुपाल्चोकमा चिर्पट र ढुंगा हानेर श्रीमतीको हत्या
प्रतिकात्मक तस्वीर।

सिन्धुपाल्चोक । आफ्नै श्रीमती ४४ वर्षीया सुकुमाया तामाङलाई चिर्पट र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved