चितवन पुगेर प्रचण्डले भने: भरतपुर महानगरमा हाम्रो दाबी छ

नेपालभ्युज

चितवन पुगेर प्रचण्डले भने: भरतपुर महानगरमा हाम्रो दाबी छ
फाइल तस्वीर

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा आफ्नो दाबी रहेको बताएका छन्। भरतपुर महानगरमा आफूहरूको दाबी रहेको र माओवादी केन्द्र शक्ति सुदृढ गरी आवश्यकताअनुसार तालमेल पनि गर्नेगरी अघि बढेको उनले बताए। सबै राजनैतिक दलहरू आ-आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ बताए।

आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलबीच केन्द्र तहबाट नै तालमेल हुने उनले बताए। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए।

“महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ,” उनले भने, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।”


Comment

One thought on “चितवन पुगेर प्रचण्डले भने: भरतपुर महानगरमा हाम्रो दाबी छ

  1. नेपाल भ्युज या नेपाली कि त हिन्दी शुद्ध भाषामा समाचार समप्रेसण गर्नुस केही बिझेन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved