दक्षिण कोरिया पराजित हुँदा बराबरीमा रोकियो जापान

नेपालभ्युज

दक्षिण कोरिया पराजित हुँदा बराबरीमा रोकियो जापान

काठमाडौं । कतार विश्वकपमा छनोट भइसकेको जापान भियतनामसँग बराबरीमा रोकिएको छ। पहिलो हाफको १९ औं मिनेटमा गोल खाएर पछि परेको जापानले खेलको ५४ मिनेटमा बराबरी गर्‍यो।

खेल अवधिभर भियतनाममाथि हाबी भए पनि जापानले थप गोल गर्न सकेन। विश्वकप छनोटमा जापान र भियतनामको यो पहिलो बराबरी हो। भियतनामले १० मा ८ खेलमा पराजय भोगिसकेको छ।

यता विश्वकपमा छानिएको अर्को टोली दक्षिण कोरिया भने साउदी अरबसँग पराजित भएको छ। दोस्रो हाफमा ५४ औं मिनेटमा गोल खाएको दक्षिण कोरियाले गोल फर्काउन सकेन। साउदी अरब पनि विश्वकपमा छनोट भइसकेको टोली हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved