आज राति नर्थ मेसोडेनिया र पोर्चुगल भिड्दै, पराजित टोली विश्वकप यात्राबाट बाहिरिने

नेपालभ्युज

आज राति नर्थ मेसोडेनिया र पोर्चुगल भिड्दै, पराजित टोली विश्वकप यात्राबाट बाहिरिने

विश्वकप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा पोर्चुगलले आज राति नर्थ मेसोडेनियासँग खेल्दै छ। राति साढे १२ बजे घरेलु मैदानमा पोर्चुगलले कतार विश्वकपको यात्रा टुंग्याउने छ।

नर्थ मेसोडेनियाले चार दिनअघि निर्धारित समयपछि थपिएको समयमा हराएर इटालीलाई विश्वकप यात्राबाट बाहिर निकालेको थयो। आजको खेलमा जसले जित्छ उसैले मात्र कतार विश्वकपमा स्थान बनाउनेछ।

पोर्चुगलले भने टर्कीमाथि ३-१ को जित दर्ता गर्दै यहासम्म आइपुगेको हो।

सन् १९९६ देखि विश्वकप खेल्न थालेको पोर्चुगलले सन् १९९८ यता लगातार विश्वकपमा स्थान बनाउन सफल भइरहेको छ। पहिलो पटक विश्वकपमै खेल्दा नै तेस्रो स्थान बनाएको पोर्चुगलको अहिलसम्मको सबैभन्दा ठूलो उपलब्धि यही हो। उसले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा चौथो स्थान बनाएको थियो भने अघिल्लो विश्वकपमा अन्तिम १६ मा पुगेको थियो।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय १५ गोल गरिसकेका छन्। रोनाल्डोले आफ्नो करिअरमा ४ पटक विश्वकप खेलेर ७ गोल गरेका छन्। पोर्चुगलले सन् २०१६ मा युरोकप उपाधि जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved