रवीन्द्र मिश्र राप्रपासँग नजिकिएपछि विवेकशील साझा फेरि विभाजनतिर

मिश्र छोटे हिटलर हुन्ः मिलन पाण्डे

नेपालभ्युज

रवीन्द्र मिश्र राप्रपासँग नजिकिएपछि विवेकशील साझा फेरि विभाजनतिर

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गर्ने तयारी गरेपछि उक्त पार्टीमा विवाद चुलिएको छ। यसअघि पार्टीका संयोजक मिलन पाण्डेसँगको विवादमा मिश्रको पक्षमा उभिएका नेताहरू नै मिश्रको विपक्षमा गोलबद्ध भएका छन्।

१४ चैतमा बसेको पार्टीको बैठकले रवीन्द्र्र मिश्रसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। उक्त निर्णयबारे जानकारी गराउन मिश्र विपक्षका नेताहरू आज निर्वाचन आयोग पुगेका छन्। “हामीले कारबाही गरेको जानकारी आयोगलाई गरायौँ,” पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवालले भने, “तीन दिनको समय दिएर कारबाही अगाडि बढाउँछौँ।”

मिश्रको विपक्षीमा रहेका नेताहरूले कारबाहीबारे जानकारी गराउन आज बखुण्डोलस्थित पार्टीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए तर मिश्र पक्षधरले अवरोध सिर्जना गरेको सिलवालले बताए।

“आज हामी पत्रकार सम्मेलन गर्न गएका थियौँ तर होहल्ला गरेर अवरोध सिर्जना गरेपछि कारबाहीको निर्णय वाचन गरेर हिँड्यौँ,” उनले भने।

मिश्रको उक्त अभ्यासलाई संयोजक पाण्डेले हिटलरको संज्ञा दिएका छन्। ‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे। यो उनको अलोकतान्त्रिक कदम हो। साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्”, पाण्डेले ट्वीट गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved