एमालेले गरेको विकास देखेर विरोधी छट्पटाए : ओली

नेपालभ्युज

एमालेले गरेको विकास देखेर विरोधी छट्पटाए : ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले सरकारले अघि सारेका विकास पूर्वाधार सम्पन्न हुँदा विरोधीहरू छटपटाएको दाबी गरेका छन्।

रुपन्देहीको तिलोत्तमामा बनेको १० तले भ्यूटावरको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले भने, “एमाले सरकारमा नभएको भए यस्ता काम कति वर्ष झुल्ने थिए हामी सबैलाई थाहा छ, चुनाव आउँदैछ एमाले नेतृत्वमा आएपछि के के भयो त्यो जनमानसमा लैजाऔं, आत्तिएकाहरू अरु छटपटाउछन् सर्वसाधारणलाई यथार्थ विषय पुर्‍याऔं ।”

“गएका ३ वर्षमा हामीले विकासका धुप्रै आधार तयार गरेका छौं, पूर्वाधार विकासमा एमालेले गरेका काम जनतालाई कसैले भ्रममा पारेर जस लिनसक्छ । चुनावी फण्डा रोक्न सबै सचेत नागरिकले त्यो ख्याल गर्नुहोला,” उनले थपे।

“भूमिहिनलाई लालपूर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके, तर अहिले भन्दैछन् अघिल्लो सरकारले फाइल लुकायो भनेर,” ओलीले भने, “सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस्।”

मन्तव्यको अधिकांश समय स्वास्थ्य शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमूना कामको प्रशंसा खर्चिएका एमाले अध्यक्ष ओलीले विकासका योजनामा निरन्तर साथ दिनुपर्ने, मानवीय प्रयासमार्फत अगाडि बढाउनुपर्ने, आधुनिक प्रविधिमा कृषिलाई ध्यान दिए उत्पादन बढ्ने गरी स्थानीय सरकारले योजना बनाउन आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved