राजावादीसँग मध्यरातमा भेटेर ओली खतरनाक योजना बनाउँछन्: नेपाल

एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए।

नेपालभ्युज

राजावादीसँग मध्यरातमा भेटेर ओली खतरनाक योजना बनाउँछन्: नेपाल
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन्।

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाएका हुन्।

उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए। तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि आफूले उनीहरूबाट धोका पाएको उनको भनाइ थियो।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरू एमालेमा निरीह भएर बसेको टिप्पणी गरे। उनीहरूलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरूले त्यसैगरी बेइजत नहुनका लागि एमाले छाडेको बताए। एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved