कांग्रेस गठबन्धनबारे मंगलबार सैद्धान्तिक निर्णय गर्छ : प्रवक्ता महत

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जारी कांग्रेस केन्द्रीय समिति बैठकले मंगलवार चुनावी गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्ने बताएका छन्।

सोमबारको बैठकपछि प्रवक्ता महतले संचारकर्मीहरु यस्तो प्रतिक्रिया दिएका हुन्। उनले पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनको पक्षमा धारणा राखेको बताए।

‘केहि नेताहरुले गठबन्धनको विपक्षमा बोले पनि पार्टीका अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीहरु पक्षमा छन्’ महतले भने, ‘त्यही भएर यसबारेमा निर्णय हुन्छ ।’

गत शुक्रवार देखि सुरु भएको केन्द्रिय समिति बैठकमा आज सभापति देउवासहित नेताहरु शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतकाले आ आफनो धारणा राखेका छन्। अर्को, बैठक भोलि ३ बजे बस्दैछ।

कोइराला पक्षधर नेताहरु यसअघिदेखि नै गठबन्धनको विपक्षमा उभिदैँ आएका छन्। पार्टी बैठकमा पनि उनीहरुले गठबन्धनको विपक्षमा धारणा राखेका छन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved