ट्राई-नेशन सिरिजमा नेपाल पीएनजीसँग भिड्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सिरिज शुरु हुन लागेको हो।

नेपालभ्युज

ट्राई-नेशन सिरिजमा नेपाल पीएनजीसँग भिड्दै

काठमाडौं। नेपाल, मलेसिया र पीएनजीबीचको टी-२० ट्राई-नेशन सिरिज आजदेखि शुरु हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सिरिज शुरु हुन लागेको हो।

सिरिजको पहिलो खेलमा नेपालले आज पीएनजीको सामना गर्दैछ।

नेपालले पीएनजीसँग यसअघि एउटामात्रै टी–२० खेल खेलेको छ। सन् २०१५ मा विश्वकप क्वालिफयरमा नेपाल पीएनजीसँग आठ विकेटले पराजित भएको थियो।

सिरिजमा हरेक टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली उपाधिका लागि भिड्नेछन्।

नेपाल आज पीएनजीसँग अघिल्लो सिरिजमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ।

यसअघि, त्रिवि क्रिकेट मैदानमै भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल पीएनजीसँग २-० ले पराजित भएको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved