निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह: विदेशबाट लगानीसँगै प्रविधि पनि भित्र्याउनुहोस्

अब योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शर्माले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनुपर्ने बताएका थिए।

नेपालभ्युज

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह: विदेशबाट लगानीसँगै प्रविधि पनि भित्र्याउनुहोस्
फाइल तस्वीर

काठमाडौं। अर्थमन्त्रीको जनार्दन शर्माले विदेशबाट लगानीसँगै प्रविधि पनि निजी क्षेत्रलाई अग्रह गरेका छन्। लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच आज भएको लगानी सम्बन्धी विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर कार्यक्रममा उनले विदेशी लगानी मात्रै नभएर लगानीसँगै प्रविधि पनि ल्याउन आवश्यक रहेको बताए।

अर्थमन्त्रीलाई साथमा राखेर लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री शर्माले लगानीसँग प्रविधि भित्र्याउँदा निजी क्षेत्रको लागि धेरै फाइदा पुग्ने दाबी गरे। अहिले विदेशी लगानी ल्याउनको लागि केही नीतिगत तथा ऐन र कानूनी रूपमा समस्या देखिएकोमा त्यसको सहजीकरण गर्ने आश्वासन उनले दिए।

नेपाल डुइङ बिजनेसमा ९६ औँ स्थानमा रहेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई सुधार गरेर १५ स्थानमै ल्याउनुपर्ने उनको भनाइ थियो। उनले नेपाल डुइङ बिजनेस सुधार गर्न निजी क्षेत्र र लगानी बोर्ड लाग्नुपर्ने बताए।

त्यस्तै अर्थमन्त्री शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्नेगरी लगानी योजना बनाउनुपर्नेमा जोड दिए। अब योजना बनाउदा ऋण जनताको टाउकोमा बोकाउन नहुने भन्दै मन्त्री शर्माले आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनुपर्ने बताएका थिए।

जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनु पर्ने उनको भनाइ थियो।

त्यस्तै कार्यक्रममा लगानी बोर्डका सीईओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिवद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेको भन्दै आपत्ति जनाए। उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए। भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको जानकारी दिए।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताए। उनले व्यापार घाटा सात महीनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकोले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए। अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनुपर्ने उनको भनाइ थियो। गोल्छाले नेपालमा विदेशी लगानी प्रतिवद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएकाले नीतिगत सुधार गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved