टीसीएल नयाँ वर्ष योजना: ५९ हजारसम्मको छूट

नेपालभ्युज

टीसीएल नयाँ वर्ष योजना: ५९ हजारसम्मको छूट

काठमाडौं। आईएचएस प्रमाणित टिभी ब्राण्ड टीसीएलले ‘नयाँ बर्षको टीसीएल शुरुआत’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरीद गर्दा आकर्षक नगद छुट र उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ। ११ चैतदेखि शुरु यो योजनाअन्तर्गत टीभी खरीदमा ५९ हजार रुपैयाँ सम्मको छुट पाउने कम्पनीले जनाएको छ। यस्तै कर्भड टेलिभिजनको खरीदमा १९ हजार छूटका साथै १ थान टीभी स्टिक उपहारको व्यवस्था गरिएको छ।

त्यस्तै वाशिङ मेसिन खरीदमा २७ हजार ४०० रुपैयाँ सम्मको छुटका साथै ६ केजीको एरिअल वशिङ पाउडर उपहार,  रेफ्रिजरेटरको खरीदमा ३३ हजार ४०० रुपैयाँको छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर उपहार पनि पाउने कम्पनीले बताएको छ। यस्तै एअर कन्डिसनरमा ५३ हजार ७००, वाटर डिस्पेन्सरमा ४ हजार ९०० सम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved