लागूऔषधसहित ४ जना पक्राउ

नेपालभ्युज

लागूऔषधसहित ४ जना पक्राउ

बुटवल। ईलाका प्रहरी कार्यालय बुटवललेलागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुधबार देवीनगर मुस्कान पथबाट २४ वर्षीय युद्धजित सुनारी र २७ वर्षीय सुनिल श्रेष्ठलाई ५ पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जनाएको छ।

यस्तै ६ किलो गाँजासहित बुटवल २ जितगढीबाट अर्घाखाँची मालारानीका २७ वर्षी रञ्जिम मिया र मैनानगरबाट ३ किलो गाँजासहित दुर्गा भनिने प्रेमकुमारी बुढाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो।लागूऔषध कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठकबहादुर केसीले जानकारी दिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved