भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै प्राधिकरण

यसअघि प्राधिकरणले खुला बजारबाट औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।

नेपालभ्युज

भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्दै प्राधिकरण

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन गरी भारतसँग उच्च मूल्यमा बिजुली किन्ने सम्झौता भएको जानकारी गराएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको आफ्नै उत्पादनले माग धान्न गाह्रो भएकझ र भारतीय बजारमा बिजुलीको भाउ अत्यधिक बढेकाले उच्चतम शुल्क प्रस्ताव गरेको जानकारी दिए।

प्राधिकरणले हाल दैनिक ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।

यसअघि प्राधिकरणले खुला बजारबाट औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved