दुर्घटनामा एक युवाको मृत्यु

दुर्घटनाबाट गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

नेपालभ्युज

दुर्घटनामा एक युवाको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल। बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बिहीबार करीब १ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए।

बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवलतर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तका क्याम्पसको बसले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबाट गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रण लिइसकिएको उनले बताए । अहिले किच्ने बस, बसका चालक र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved