दोहोरो अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, कारोबार पनि घट्यो

काठमाडौं। दुई दिन लगातार रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक २० दशमलव ३४ अंक घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव २२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५६ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको हो। मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ। तर यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ

नेप्से परिसूचकमा गिरावट आएपनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा आजको दिन करीब साढे ८ करोडको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved