तेस्रो मुलुकमा निर्यात हुन थाल्यो जगदम्बा स्टिल्स

नेपालभ्युज

तेस्रो मुलुकमा निर्यात हुन थाल्यो जगदम्बा स्टिल्स

काठमाडौं। जगदम्बा स्टिल्सले  सुपर शाइन र ग्याल्भा+का जस्तापाता तेस्रो मुलुकमा निर्यात गर्न शुरु गरेको छ।

कम्पनीका अनुसार जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर शाइन र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटली र म्यानमारमा निर्यात हुन थालेको हो। जगदम्बा स्टिल्सले केही समय अगाडि मात्रै ‘सीआर सिट एण्ड कोइल्स’ हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो।

कम्पनीले नेपालबाट तेस्रो मुलुकमा स्टील निर्यात हुन थालेको यो पहिलोपटक भएको दाबी गरेको छ। “नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित भएका छौं,” कम्पनीले विज्ञप्तिमार्फत् जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved