युक्रेन संकटबारे छलफल गर्न पोल्याण्ड जाँदै राष्ट्रपति बाइडेन

‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ,’ ह्वाइटहाउसले उल्लेख गरेको छ।

नेपालभ्युज

युक्रेन संकटबारे छलफल गर्न पोल्याण्ड जाँदै राष्ट्रपति बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जाने भएका छन्।

‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठकपछि पोल्याण्डको यात्रा गर्नुहुने’ ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जी सेभेन नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।

२५ मार्चमा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।

‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ,’ ह्वाइटहाउसले उल्लेख गरेको छ।

२३ मार्चमा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नेछन्।

२४ मार्चमा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न नेटो शिखर सम्मेलनमा भाग लिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved