बार्सिलोनाद्वारा रियल म्याड्रिड ४-० ले पराजित

नेपालभ्युज

बार्सिलोनाद्वारा रियल म्याड्रिड ४-० ले पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सबैभन्दा महत्वपूर्ण मानिने एल क्लासिको अर्थात रियल म्याड्रिड  र बार्सिलोनाबीचको भिडन्तमा बार्सिलोना विजयी भएको छ। जाभीको प्रशिक्षणमा रहेको बार्सासँग रियल आफ्नो गृहमैदान सान्टियागो बेर्नाबाउमै ४-० ले पराजित भएको हो।

बार्सका लागि पेट्रिक इम्मरिक औवामियाङले २ तथा रोनाल्ड अराजो र फरान टोरेसले एक-एक गोल गरे। हारका बाबजुद २९ खेलबाट ६६ अंकसहित रियल शीर्ष स्थानमा कायमै छ। २९ खेलबाट ५७ अंक जोडेको सेभिया दोस्रो स्थानमा छ।

तेस्रो स्थानको बार्साको २८ खेलबाट ५४ अंक पुगेको छ। चौथो स्थानको एथलेटिको म्याड्रिडको २९ खेलबाट ५४ अंक छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved