यूएईसँग नेपाल पराजित, ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्

नेपालभ्युज

यूएईसँग नेपाल पराजित, ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्

काठमाडौं। नेपाली बलरले राम्रो प्रदर्शन गरे पनि नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयोजक यूएईसँग ४८ रनले पराजित भएको छ।

१६९ को सहज विजयी लक्ष्य पाएको नेपालले खराब ब्याटिङका कारण ३५.१ ओभरमा मात्र १२० रनमा अलआउट भयो। नेपालका लागि ८ ब्याटरले दोहोर रन संख्या बनाउन सकेनन्।

रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन र ज्ञानेन्द्र मल्लले २८ रन जोडे। नेपाली ओपनर कुशल मल्ल ११ र आशिफ शेख ७ रनमै आउट भए। त्यसपछि भरपर्दा ब्याटर दीपेन्द्रिसंह ऐरी पनि ४ रनमै रनआउट भएपछि नेपाली इनिङ शुरुदेखि नै धरापमा परेको थियो।

यति सानो विजयी लक्ष्य डिफेन्ड गर्न यूएईका स्पिनर बसिद हमिलले ४ विकेट लिएका थिए।

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरहरू चम्किएपछि ४६.३ ओभरमा १६८ रनमा समेटिएको थियो। नेपालका लागि सोमपाल कामीले शुरुआती १० ओभरमै तीन विकेट लिए। उनले आजको खेलमा नौ ओभर बलिङ गर्दै मात्रै ३९ रन खर्चेर चार विकेट हात पारेका थिए।

सिरिजको तेस्रो म्याच नेपालले सोमबार यूएईसँगै खेल्नेछ।


Comment

One thought on “यूएईसँग नेपाल पराजित, ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्

  1. Jabo 10 Run banauna ni nasakni k cricket khalchha ho! Ajhai National Player re!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved