रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो

रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन्।

नेपालभ्युज

रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं। रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ। घटनामा दुई जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नवलपरासी सुनवल–४ की ३४ बर्सिया शान्ति भण्डारीको ज्यान गएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार शान्तिका श्रीमान् र तीन वर्षीय छोरा भने घाइते छन् ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थर डाँडामा गए राति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved