बंगलादेशसँग पनि नेपाल पराजित

नेपालभ्युज

बंगलादेशसँग पनि नेपाल पराजित

काठमाडौं । भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँ पनि हार बेहोरेको छ। आज नेपाल दोस्रो खेलमा ४-२ ले पराजित भयो।

भारतको जमसेदपुरमा बंगलादेशविरुद्धको खेलमा नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरेका थिए। यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसाग ७-० को फराकिलो हार बेहोरेको थियो।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना निकै साँघुरो बनेको छ। नेपाल दुई खेलमा पनि अंकवहीन छ भने भारत र बंगलादेशले समान ३ अंक जोडेका छन्।

नेपालले २१ मार्चमा फेरि भारतसँग खेल्नेछ भने २३ मार्चमा बंगलादेशसँग खेल्नेछ।

डबल राउण्ड रोबिनका आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved