जनकपुरधाममा भव्य रूपमा मनाइयो होरी (होली) महोत्सव

नेपालभ्युज

जनकपुरधाममा भव्य रूपमा मनाइयो होरी (होली) महोत्सव

जनकपुरधाम। मिथिला नाट्यकला परिषद (मिनाप)ले आज बिहीबार जनकपुरधाममा होरी (होली) महोत्सव भव्य रूपमा मनाएको छ।

होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइन्छ। मिनापले प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिर प्रांगणमा आज होरी महोत्सव र भोलि ४ गते महामूर्ख सम्मेलन आयोजना गरी होली महोत्सवको आयोजना गरेको छ।

त्यसैगरी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को आयोजनामा आज १५ दिने माध्यमिक परिक्रमाको समापन तथा होली मिलन समारोहको आयोजना गरि होली महोत्सव मनाएको छ।

होली मिलन कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो विशेष उपस्थितिमा सम्पन्न भएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved