ओली खलनायक हुन्, सहकार्य सम्झँदा घृणा लाग्छ : प्रचण्ड

“जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ,” प्रचण्डले भने, “हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिन चाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिन चाहिँ सक्छौँ।”

नेपालभ्युज

ओली खलनायक हुन्, सहकार्य सम्झँदा घृणा लाग्छ : प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खलनायक भएको बताएका छन्।

पार्टीको गैर भौगोलिक प्रदेशको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेका हुन्। उनले ओली नेपाली राजनीतिकै खलनायक भएको पनि बताए।

ओलीसँगको सहकार्य सम्झँदा दिक्क लाग्ने गरेको पनि प्रचण्डले बताए। उनले पार्टी एकता गरेर ओलीसँग सहकार्य गरेका ती दिनहरु सम्झँदा र संसद् विघटनसम्म पुग्ने ओलीसँगको सहकार्यप्रति घृणा लागेको बताए।

प्रचण्डले आफ्नै नेतृत्वमा ओलीलाई ‘दनक’ दिएको पनि बताए। बालुवाटारबाट बालकोट पुर्याए पनि अ‍ोलीलाई अझै नपुगेको भन्दै उनले भने, “हुन त पोहोर दनक दिएकै हो ।”

अमेरिकी सहयोग परियोजना एमसीसी पास नगरेको अवस्थामा फेरि नेपाली कांग्रेससँग मिलेर ओली नै सत्ता आउने खतरा भएकाले आफूहरुले व्याख्यात्मक घोषणाको विकल्प निकालेको पनि प्रचण्डले बताए।

कांग्रेस र एमाले दुवै पार्टी चुनावी सेटिङमा सिपालु भएको भन्दै माओवादीहरुलाई चुनाव जित्न गाह्रो पर्ने बताए। उनले आफूहरुले चुनावमा जालझेल, षड्यन्त्र गर्न तथा बाकस साँट्न नजानेको बताए।

“जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ,” प्रचण्डले भने, “हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिन चाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिन चाहिँ सक्छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved