यूपीमा बिजेपीको लहर, सफलताको जस कसको ?

नेपालभ्युज

यूपीमा बिजेपीको लहर, सफलताको जस कसको ?

एजेन्सी। ३७ सालपछि उत्तर प्रदेश (यूपी) मा लगातार दुईपटक भारतीय जनता पार्टी (बिजेपी) सत्तामा आउने भएको छ। यूपीको यो चुनावमा बिजेपीले मुख्यमन्त्री योगी आदित्यनाथलाई मुख्य चेहरा बनायो, तर प्रचारमा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका पनि कम रहेन।

एकातर्फ योगी आदित्यनाथले कोरोना महामारीको दोस्रो लहरपछि यूपीका सबै जिल्ला भ्रमण गरे र चुनावका दौरान २ सयभन्दा बढी र्‍याली गरे। त्यसक्रममा २७ वटा चुनावी र्‍‍यालीहरूलाई सम्बोधन गरे।

बिजेपीले मुख्यमन्त्री योगीको ‘बुल्डोजर बाबा’ छवि बिर्साउनका लागि जति कोसिस गर्‍यो, त्यति नै निशुल्क राशन र नुनको स्किम पनि भजायो।

पाँच सालसम्म सत्तामा रहनुका बाबजुद बढ्दो भोट शेयरसँगै बिजेपी यदी सत्तामा फर्कन्छ भने त्यसको जस कसलाई जाने ? अब यही कुरा गरौं ।

मोदी थप बलियो भए वा योगी

उत्तर प्रदेशमा जीत कसको हो – मोदी या योगीको ? यसको जवाफमा वरिष्ठ पत्रकार निरजा चौधरी भन्छन्, ”यी नतिजाहरूबाट मोदीले आफ्नो ‘ब्रान्ड मोदी’ लाई बलियो बनाएको देखिन्छ, त्यस्तै योगीले आफ्नो ब्रान्डलाई पनि बलियो बनाएका छन्।”

यस मत पछाडिका पनि धेरै कारणहरू छन्। निरजा भन्छन्,”मोदीले अन्त समयमा गएर पूर्वाञ्चललाई सम्हाले र एक स्पिन दिए । उनी हरेक चुनावमा यस्तै गर्छन्। तर यस चुनावका सबैभन्दा ठूलो सेलिब्रेटी योगी नै हुन्। सबैभन्दा ठूलो प्रदेशका मुख्यमन्त्री जो लगातार दोस्रोपटक जितेर आएका छन्। यस्तो कहिल्यै भएको थिएन । पछिल्लोपटक योगीलाई बाहिरबाट मुख्यमन्त्रकिो कुर्सीमा ल्याएर राखिएको थियो। तर यसपटक उनको नेतृत्वमा चुनाव लडियो र योगीको अलग फ्यान फलोइंग पनि छ। यस जीतबाट योगीले मोदीपछिको प्रधानमन्त्रीका रुपमा पनि आफ्नो दाबेदारी पक्की गरेका छन्। हुनसक्छ, २०२४ मा योगी प्रधानमन्त्री पदका दाबेदार नहोलान्, तर त्यसपछि जहिले पनि हुनसक्छन्।”

यहीकारण यस चुनावअघि धेरै जानकारहरूले मोदीभन्दा धेरै दाउमा योगीको छवि रहेको बताएका थिए।

जब बिजेपीले यूपीमा जीत हासिल गर्‍यो यसलाई योगीको कामकाजको रेकर्डका रूपमा हेरिएको छ। यस परीक्षामा योगी राम्रो नम्बर ल्याएर पास भएका छन्।

द हिन्दू पत्रिकामा आबद्ध वरिष्ठ पत्रकार निस्तुला हेब्बाल यस जीतलाई मोदी र योगी दुबैको संयुक्त सफलता मान्छन्।” यति ठूलो प्रदेशमा लगातार दोस्रोपटक जित्नु ठूलै कुरा हो। २०१७ मा मोदीका कारण जीत संभव भएको थियो । तर २०२२ मा यो जीतमा योगीको पनि ठूलो भूमिका छन्।”

तर केन्द्र सरकारले ल्याएको स्कीमलाई पनि नजरअन्दाज गर्न नसकिने उनले बताए। तीन दिन बनारसमा बसेर मोदीले  पार्टीको प्रचारमा जे गरे, त्यो पनि महत्वपूर्ण छ।

कानूनी व्यवस्था
”राज्यमा कानुनी व्यवस्था दुरूस्त गर्नका लागि मुख्यमन्त्री योगीले जे गरे। त्यसको फाइदा बिजेपीलाई मिल्यो, अहिलेको नतिजामा यो स्पष्ट देखिन्छ,” निरजाले भने।

यहीकारण नतिजा आइसकेपछि बिजपेपी सांसद् हेमा मिलनीले बिहीबार फेरि भनिन्,”बुलडोजरको अगाडि कसैको केही चल्दैन।”

बिजेपीले आफ्नो शासनकालमा कुनै दंगा नभएको र अपराधमा पनि कमी आएको दाबी लगातार गरिहको छ। भलै एनसीआरबीको आँकडाअनुसार यो सही नहोस्, तर जनताहरूलाई बिजेपीले भरोसा दिलायो कि उसको शासनमा कानुनी व्यवस्थामा सुधार भएको छ। यतिमात्रै होइन बिजेपीले २०१७ भन्दा पहिले समाजवादी पार्टीको शासनमा पनि खराब कानुन व्यवस्थाको डर मानिसहरूलाई खुब देखाएको थियो। आफ्ना र्‍यालीहरूमा बिजेपी नेताहरूले बारम्बार भनेका थिए कि रातो टोपी लगाउनेहरू सत्तामा आए भने गुन्डागर्दी फेरि शुरू हुनेछ।

निशुल्क राशन र कोभिडका दौरान मानिसहरूले सामना गर्नुपरेका समस्या समाधानमा योगीले खेलेको भूमिकाले पनि उनको उचाइ बढायो।

निरजाका अनुसार कोभिडको दोस्रो लहरमा बिजेपीसँग मानिहरू रिसाएका थिए। तर आक्रोशित थिएनन्। ”रिसलाई सित्तैमा राशनजस्ता स्किमले कम गरायो। यस्तो स्किमको श्रेय मोदी सरकारलाई जान्छ।”

तर यी योजनाहरूको सही कार्यान्वयन गर्ने काम योगीले गरे। उनले बिजेपीको संगठन र राज्य सरकारलाई यी योजनाहरू जनतासमक्ष पुर्‍याउन प्रयोग गरे।

त्यसैले यूपीको जीत मोदी र योगी दुबैको हो। किसानहरूको आक्रोशले बिजेपीलाई केही घाटा भने भयो। तर, यसको भर्पाई बिजेपीले आफ्नो संगठन र कार्यकर्ताहरूबाट गर्‍यो ।

यसकारण यूपीको जीतको श्रेय मोदी र योगी दुबैको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved