पल शाह थप १२ दिन थुनामै रहने

१५ फागुनमा आफैं प्रहरीसमक्ष पुगेका शाहलाई सोही दिन म्याद थप गरेर तनहुँ प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

नेपालभ्युज

काठमाडौं। नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पल शाह थप १२ दिन थुनामै रहने भएका छन्।

नाबालिग गायिकामाथि जबरजस्ती करणीको आरोपमा शाह अहिले जिल्ला प्रहरीका कार्यालय तनहुँको थुनामा रहेका छन्।

शुरुमा सात दिनको म्यादसहित प्रहरी थुनामा रहेका शाहलाई जिल्ला अदालत तनहुँले थप १२ दिन थुनामा राख्न अनुमति दिएको छ।

१५ फागुनमा आफैं प्रहरीसमक्ष पुगेका शाहलाई सोही दिन म्याद थप गरेर तनहुँ प्रहरीले अनुसन्धान शुरु गरेको थियो।

शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा ११ फागुनमा किटानी जाहेरी परेको थियो। नाबालिग गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन्।

त्यस्तै १५ फागुनमै शाहविरुद्ध फेरि अर्को जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको थियो। पीडितले नवलपरासीको गैंडाकोटमा उनीविरुद्ध जाहेरी दिएकी हुन्। इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved