अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताएका छन्।

नेपालभ्युज

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन कुराकानी भएको छ। उनीहरुका बीचमा शनिबार अबेर कुराकानी भएको बताइएको छ।

फोनवार्ताका क्रममा यी र ब्लिन्केनबीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्विपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ।

उनीहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ। साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ। यससम्बन्धी धारणा ब्लिन्केनले चिनियाँ विदेशमन्त्रीसमक्ष राखेका छन्।

चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताएका छन्।

युक्रेनमा रुसले गएको एक हप्ताभन्दा लामो समयदेखि हमला गरिरहेको छ। युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved