सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना, सहचालकको मृत्यु

नेपालभ्युज

सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना, सहचालकको मृत्यु
सांकेतिक तस्वीर।

सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसीबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा जेसीबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१८ नम्बरको जेसीबी माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

जेसीबीका चालक बाँके राप्तीसोनारी गाउँपालिका–४ बस्ने वर्ष २२ को प्रकाश चौधरी भने सकुशल रहेका छन्। चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved