हेटौंडाको कमानेमा लागेको आगो १८ घण्टापछि नियन्त्रण, चार करोडको क्षति

नेपालभ्युज

हेटौंडाको कमानेमा लागेको आगो १८ घण्टापछि नियन्त्रण, चार करोडको क्षति

हेटौंडा। हेटौंडा ८ कमाने विकास टोलमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा आएको छ। बुधबार राति करिब ११ बजेबाट भुस गोदाममा लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो।

टीका प्रसाद कँडेलको भुस गोदाममा आगलागी भएको थियो। आगो नियन्त्रणका लागि वीरगन्ज, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका सहितको ५ वटा दमकल परिचालन गरिएको थियो।

आगो नियन्त्रण्का लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीयहरु खटिएका थिए।

आगलागीबाट गोदाममा रहेका ५० हजार बोरा भुस जलेर नष्ट भएको बताइएको छ। आगलागीबाट करिब ४ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट कुनै मानवीय क्षती नभएको हेटौंडा ८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved