पसलको झ्याल फुटाएर ३७ ओटा मोबाइल चोरी

नेपालभ्युज

पसलको झ्याल फुटाएर ३७ ओटा मोबाइल चोरी

काठमाडौं । महानगरपालिका-४ विशालनगरस्थित सुरज इलोक्ट्रोनिक्स मोबाइल पसल पछाडिको झ्याल फुटाई चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ बस्ने गोरखा गण्डकी नगरपालिका-५ ठेगाना भएका २४ वर्षीय शुरेस गिरी र बुढानिलकण्ठ बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ ठेगाना भएका २२ वर्षीय गणेश क्षेत्री रहेका छन्।

पसलको झ्याल फुटाई गत माघ १८ गते राति पसलमा रहेका विभिन्न कम्पनीका ३७ थान सिलप्याक मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, १ थान गितार र २५ थान स्मार्ट घडी गरी करिब १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित बिजीमल अगाडिबाट चोरीका सामानसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ८ थान सिलप्याक मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान स्मार्ट घडी, १ थान गितार, १ थान पावर बैंक र १ थान आईआर नाइट भिजनसमेत बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको उक्त महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved