युक्रेनबाट तीन सय २ नेपालीको उद्धार

मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन्।

नेपालभ्युज

युक्रेनबाट तीन सय २ नेपालीको उद्धार
फाइल तस्वीर

लण्डन। युक्रेनबाट तीन सय २ नेपालीको उद्धार गरिएको छ। रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ३ सय २ जना नेपालीलाई उद्धार गरेर सुरक्षित गन्तव्यमा पुर्‍याइएको हो।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए।

समितिकाअनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन्।

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरूले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरूसंग सम्पर्क रहेको जानकारी दिए।

उनले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिँदै एनआरएनए पोल्याण्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाए।

रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरूले युक्रेन छोडेको जानकारी दिए। उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको बताए। पश्चिमी मुलुकहरूले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरूमा समेत संसय थपिएको उनको भनाइ थियो।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए। सुवेदीले युक्रेनमा रहेका नेपालीहरूको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताए।

समितिका सदस्य सचिव चिरन्जीबी खड्काले बैठकमा नेपालहरूको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए। उनले अत्यधिक चिसोका कारणले युद्धपीडित नेपालीहरू थप समस्यामा रहेको जानकारी दिए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरूलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जनाकारी दिए। उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरूले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए। उनले युद्ध पीडित नेपालीहरूलाई आर्थिक अभाव रहेको बताए। उनले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरू बस्न र खानाको व्यवस्था गरेको जानकारी दिए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए। उनले केही नेपालीहरू अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved