एमाले धनुषा विवाद: दुई गुटको छुट्टाछुट्टै समानान्तर कमिटी

झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का तात्कालीन वडाध्यक्ष हुन्। उनी भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए। महासेठ पक्षधरका भण्डार भने ठेकेदार हुन्।

एमाले धनुषा विवाद: दुई गुटको छुट्टाछुट्टै समानान्तर कमिटी

जनकपुरधाम। पछिल्लो केही दिनयता नेकपा एमाले धनुषामा विवाद बढ्दै गएको छ। विवाद बढ्दै जाँदा दुई समूहले स्थानीय तहमा आ-आफ्नो गुटको छुट्टाछुट्टै समानान्तर कमिटी गठन गर्न थालेका छन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कार्यसमिति गठन गरेका छन्। दुवैले आफूलाई अधिकारिक रहेको दाबी गरिरहेका छन्।

यसरी दुई पक्षको विवादको कारण जनकपुरधाम उपमहानगरपालिकामा छुट्टाछुट्टै नगर कमिटी गठन गरेको छ।

सोमबार नेता झाको पक्षले जिल्ला अध्यक्ष राजकिशोर यादवको पहलमा अधिवेशन गरी शुभनारायण मण्डलको अध्यक्षमा ८५ सदस्यीय कार्यसमिति चयन गरेको छ भने सचिव रघुवीर महासेठको पक्षधरले मंगलवार सुरेन्द्र भण्डारीको अध्यक्षतामा अर्को ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का तात्कालीन वडाध्यक्ष हुन्। उनी भ्रष्टाचार आरोपमा निलम्बनमा परेका थिए। महासेठ पक्षधरका भण्डार भने ठेकेदार हुन्।

झा पक्षधरको अधिवेशनमा केन्द्रीय सदस्य शिला यादव र महासेठ पक्षधरको अधिवेशनमा पोलिटब्यूरो सदस्य जुली महतोले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन्।

झा पक्षधर मण्डलको अध्यक्षतामा गठित नगर कमिटीको उपाध्यक्षमा महेन्द्र प्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सहसचिवमा जय प्रकाश साहलाई चयन गरिएको छ भने महासेठ पक्षधर भण्डारी अध्यक्षतामा रहेका कमिटीको उपाध्यक्षमा सन्तोष महतो, सचिवमा राजकुमार साह, उपसचिवद्वयमा रुका मिश्र र दिपनारायण साह रहेका छन्।

महासेठ पक्षधर कमिटीबारे मधेश प्रदेश सदस्य शिवशंकर साह हिराले आफ्नो पक्षधरको कमिटी अधिकारिक रहेको दाबी गरेका छन्। उनले भने, ‘‘हाम्रो अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकोले अधिकारिक हो, समानान्तर कमिटी गठन गर्ने समूहलाई पार्टीले कारवाही गर्नेछ।”

यता विवादबारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टीभित्र गुट/उपगुट हाबी भएको कारण जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत रहेको बताए।

यसअघि सोमबार नै दुवै पक्षले जिल्ला बैठक विषयमा छुट्टाछुट्टै विज्ञप्ती जारी गरी एक पक्षले स्थगन र अर्को पक्षले बैठक यथावत रहेको जनाएका थिए।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित विदेह नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र मिथिला बिहारी नगरपालिकामा विवाद देखिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved