युक्रेन–रुस युद्ध: किएभमा टेलिभिजन टावरमाथि हमला

रुसी फौजले युक्रेनको किएभमा एक टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँच जना मारिएका छन्।

नेपालभ्युज

युक्रेन–रुस युद्ध: किएभमा टेलिभिजन टावरमाथि हमला

काठमाडौं। रुसी फौजले युक्रेनको किएभमा एक टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँच जना मारिएका छन्। रुसले युक्रेनमा अब ’लक्षित हमला’ गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरेको हो।

आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ। आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ। आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन नसकेको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ। आक्रमणपश्चात् पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ।

हमलापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया जनाउँदै युक्रेनी विदेश मन्त्रालयले “रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको“ जनाएको छ। यसअघि युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले सञ्चार सेवामा अवरोध उत्पन्न गराउने र युद्धमा युक्रेनको तर्फबाट आत्मसमर्पण गरिएको भन्ने मिथ्या खबर फैलाउने योजना बनाइरहेको बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved