एक प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

अहिलेसम्म कुल जनसंख्याको ७४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो र ६० प्रतिशतले दोस्रो मात्रा लगाएका छन्।

एक प्रतिशतमा झर्‍यो कोरोना संक्रमणदर

काठमाडौं। नेपालमा कोरोना संक्रमणदर एक प्रतिशतमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहले नेपालमा कोरोना संक्रमणदर एक प्रतिशतमा सीमित रहेको छ।

गत ८ माघमा ५० प्रतिशत रहेको संक्रमणदर अहिले १.०२ प्रतिशतमा झरेको हो। दोस्रो लहमा नेपालमा उच्च कोरोना संक्रमण दर ५० प्रतिशत पुगेको थियो।

१६ फागुनमा ८ हजार ३४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले कोरोनाको संक्रमण दर घटे पनि जोमिख भने कायमै रहेकाले स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेका छन्।

यता, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुनले संक्रमणदर घटे पनि नयाँ भेरियन्ट आउन सक्ने जोखिम कायमै रहेको बताए ।

डा.पुनका अनुसार तेस्रो लहरले धेरै जनालाई संक्रमित गराएको र खोप पनि धेरैले लगाएका कारण भाइरसविरुद्ध एन्टिबडी उत्पादन भइसकेकाले संक्रमणको जोखिम केही कम छ।

संक्रामक रोक विशेषज्ञ डा.जनक कोइराला कोरोना संक्रमणदरमा कमी आयो भन्दै लापरवाही गर्न नमिल्ने बताउँछन्। भन्छन्, “नेपालमा आएको तेस्रो लहरले त्यति क्षति पुर्‍याएको देखिएन। तर अब आउने लहर कम घातक नहुन पनि सक्छन्, त्यसैले हामीले हरेक समय सावधानी अपनाउन आवश्यक छ ।”

मन्त्रालयका अनुसार अहिलेसम्म कुल जनसंख्याको ७४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो र ६० प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। ११ लाखले ४७ हजार २२९ जनाले भने कोरोनाको अतिरिक्त मात्रा खोप पनि लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved