संसद्मा महन्थ ठाकुरले भने- नेपालको विकासको पक्षमा रहेकाले एमसीसी पास गर्छौँ

ठाकुरले भने, “जबर्जस्ती लादिएको होइन। हाम्रो स्वतन्त्रतामाथि पनि यसले खतरा हुँदैन । देश बलियो भएपछि स्वतन्त्रता बलियो हुने हो। देश कमजोर हुँदा स्वतन्त्रता कमजोर हुन्छ।”

नेपालभ्युज

संसद्मा महन्थ ठाकुरले भने- नेपालको विकासको पक्षमा रहेकाले एमसीसी पास गर्छौँ

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू र आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले आफू पक्षमा रहेको बताएका हुन्।

“म सम्झौताको पक्षमा छु। अमेरिकाले नेपाललाई सात दशकभन्दा बढी समयदेखि विकास साझेदारका रुपमा सहयोग गर्दै आएको छ,” ठाकुरले भने, “राष्ट्रिय हित र जनजीवनका धेरै क्षेत्रमा उसको केही न केही सहयोग छ। शिक्षा, सञ्चारलगायत क्षेत्रमा उसले सहयोग गर्दै आएको छ।”

अहिलेको सहयोग आर्थिक वृद्धिद्वारा गरीबीलाई कम गर्ने र सर्वसाधारणको जीवनस्तर सुधार्ने राम्रो लक्ष्य लिएर अनुदानका रुपमा आएको ठाकुरले बताए। “जहाँसम्म खर्चको प्रश्न छ, त्यो पनि निर्धारित गरिएको छ। नेपाल सरकारले नै निर्धारित गरेको हो,” ठाकुरले भने, “विद्युत प्रशारण र सडक सञ्जालमा यो खर्च हुनेछ। बौद्धिक सम्पत्ति पनि नेपालले नै पाउने हो।”

नेपालले एउटा मापदण्ड पूरा गरेपछि यो सहयोग आएको ठाकुरले बताए। नेपाल विश्व बैंकको वर्गीकरणमा न्यून आम्दानीको देश भएकाले यो सहयोग पाएको उनले बताए।

“यो सहयोग पाउनका लागि लोकतन्त्र, आर्थिक स्वतन्त्रतालगायत मापदण्डहरू पूरा गरेको हुनुपर्छ। ती मापदण्डहरू पूरा गरेकाले यो सहयोगका लागि योग्य भएको हो,” ठाकुरले भने, “जबर्जस्ती लादिएको होइन। हाम्रो स्वतन्त्रतामाथि पनि यसले खतरा हुँदैन । देश बलियो भएपछि स्वतन्त्रता बलियो हुने हो। देश कमजोर हुँदा स्वतन्त्रता कमजोर हुन्छ।”

ठाकुरले एमसीसी सहयोग देश विकासको पक्षमा भएकाले आफ्नो पार्टी सम्झौताको पक्षमा रहेको प्रष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved