युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकिँदा सिटीको संघर्षपूर्ण जित

नेपालभ्युज

युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकिँदा सिटीको संघर्षपूर्ण जित

काठमाडौं । एभर्टनको घरेलु मैदानमा म्यानचेस्टर सिटीले गएराति संघर्षपूर्ण जित निकालेको छ।

प्रिमियर लिगको २७ औं खेलमा २१ औं जित निकालेको सिटीका लागि खेलको ८२ औं मिनेटमा फिल फोडेनले गरेको एक मात्र गोल निर्णायक भयो। पहिलो र दोस्रो हाफमा बल पोजिसनसहित हाबी भए पनि सिटीले एकभन्दा बढी गोल गर्न सकेन।

८ वटा सट अन टार्गेट गरेको पाहुना टोली सिटी ६८ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो।

जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसँग अंक दूरी फराकिलो बनाएको छ। सिटीले लिगमा ६६ अंक जोडेको छ भने लगातार दोस्रो हार बेहोरेको एभर्टन १७ औं स्थानमा खुम्चिन बाध्य भएको छ। उसले पछिल्ला पाँच खेलमा मात्र एकमा जित निकालेको छ।

त्यस्तै गएराति नै भएको यसअघिको खेलमा म्यानेस्टर युनाइटेडले घरेलु मैदानमा पुनः निराशाजनक बराबरी खेलेको छ। रेलिगेशन जोनमा संघर्षरत वाटफोर्डसँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो।

युनाइटेडले पछिल्ला पाँचमा तीन खेल बराबरी गरिसकेको छ। यद्यपि ऊ ४७ अंकका साथ चौथो स्थानमा यथावत् छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved