सत्ता गठबन्धन पनि नटुट्ने एमसीसी पनि पारित हुने उपायको खोजी भइरहेको छ : प्रचण्ड

नेपालभ्युज

सत्ता गठबन्धन पनि नटुट्ने एमसीसी पनि पारित हुने उपायको खोजी भइरहेको छ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन्।

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए।

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रियासमेत दिए। उनले भने, “हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतिको बाटोबाटै अघि बढछ।”

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved