एमसीसीबारे छलफल गर्न कांग्रेसका शीर्ष नेतालाई देउवाले बोलाए बालुवाटार

एमसीसी संसद्मा पेश भएसँगै पास गर्ने गरी रणनीति बनाउनका लागि कांग्रेसले आन्तरिक तयारी गर्न लागेको हो।

नेपालभ्युज

एमसीसीबारे छलफल गर्न कांग्रेसका शीर्ष नेतालाई देउवाले बोलाए बालुवाटार

काठमाडौं। प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।

देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा निर्णायक छलफलका लागि पार्टीका शीर्ष नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका हुन्।

एमसीसी संसद्मा पेश भएसँगै पास गर्ने गरी रणनीति बनाउनका लागि कांग्रेसले आन्तरिक तयारी गर्न लागेको हो।

जसका लागि देउवाले तीन बजेपछिका लागि उपसभापति, महामन्त्री तथा प्रवक्तासहितका पदाधिकारी तथा नेताहरुलाई बालुवाटार बोलाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved