१ करोड ७६ लाख जनाले लगाए कोरोनाविरूद्धको पूर्ण खोप

नेपालभ्युज

१ करोड ७६ लाख जनाले लगाए कोरोनाविरूद्धको पूर्ण खोप

काठमाडौं । कुल जनसंख्याको ६० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रायका अनुसार ८ फागुनसम्म १ करोड ७६ लाख ६४ हजार ५१६ (६० दशमलव ५ प्रतिशत) जनाले पूर्ण खोप लगाएका हुन्।

त्यस्तै, २ करोड १३ लाख ४५ हजार ५३९ जना (७३ प्रतिशत) ले खोपको पहिलो मात्र खोप लगाएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्रले बताइन्। कोरोना विरुद्धको तेस्रो मात्रा खोप लगाउनको संख्या ८ लाख ६८ हजार ८४५ रहेको छ।

यस अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना बालबालिकामध्ये ८८ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन्। नेपालमा हालसम्म अनुदान र खरिदमार्फत ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप आइसकेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved