नम्बरप्लेट टालेर चलाउँदै थिए चोरीको बुलेट बाइक, परे पक्राउ

नेपालभ्युज

नम्बरप्लेट टालेर चलाउँदै थिए चोरीको बुलेट बाइक, परे पक्राउ

काठमाडौं। नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका ३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौं बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि/पछाडिको अंक टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए।

“पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ”, उनले भने। ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मंगलबजारबाट चोरी गरेको स्वीकारेको प्रवक्ता मैनालीले बताए।

पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ। प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved